
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसद र राष्ट्रपतीय संस्थामाथि प्रहार भएको बताएका छन् ।
सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जालमार्फत नेता पोखरेलले भने, लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो ।
सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएको छ।’
नेता पोखरेलले लोकतन्त्रको महत्वपूर्ण पक्ष नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकीकरण भएको र सर्वोच्चको फैसलाले त्यसैमाथि प्रहार भएको बताए । सर्वोच्चले दिएको राजनीतिक दलको ह्विप नलाग्ने आदेशलाई पनि लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि स्वीकार गर्न नसक्ने दाबी उनले गरेका छन् ।
उनले भनेका छन् सर्वोच्चले बहुदलीय व्यवस्थाको मर्म संसदभित्रको कारवाहीमा संसदभित्रका सम्वन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेको छ । लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन ।
यसका विरूद्धको बृहद जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो ।
प्रतिक्रिया दिनुहोस्