काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

कार्यरत् कार्यालय सहयोगी महिलाको हत्याको आरोपमा उच्च अदालत इलामका सुरक्षागार्ड पक्राउ

4.59K
shares
khanepani bord

काठमाडौ । काठमाडौ उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी महिलाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

४८ वर्षीया विमलादेवी निरौला पराजुली सोमबार अदालत परिसरमा मृत फेला परेकी थिइन्।

उनको हत्यामा सोही अदालतमा कार्यरत् सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँको संलग्नता रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बानियाँको संलग्नता देखिएसँगै उनलाई पक्राउ गरिएको बताए।

बानियाँ र उनीबीच एउटै कार्यालयमा काम गरेकोदेखि लिएर व्यक्तिगत अन्य सम्बन्ध रहेको र त्यसैकारण बानियाँले हत्या गरेको श्रेष्ठले बताए।

‘उनले घाँटी थिचेर हत्या गरेको भनी स्वीकार गरेका छन्,’ श्रेष्ठले बताए ‘पोष्टमार्टम रिपोर्ट आइनसकेकाले मृत्युको कारण पुष्टि भइसकेको छैन।’

हत्याको समय यकिन भइनसकेको उनले बताए। सोमबार बिहान पराजुली अदालत परिसरमा मृत फेला परेकी थिइन्।

मुख्य न्यायाधीशको निवास र अदालतबीचको पानी बग्ने ठाउँमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।

घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली गएको थियो। सो टोलीले सुरक्षा गार्ड बानियाँको संग्लग्नता रहेको देखिएसँगै उनलाई पक्राउ गरी अनुसन्धान थालिएको श्रेष्ठले बताए।

IME
khanepani