सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं । नेपाल इन्जिनियरिङ सेवातर्फ सिभिल इञ्जिनियरिङ उपसमूह अन्तरगत इरिगेशन उपसमूहको सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा हुने सहसचिव बढुवाका लागि चार जना उपसचिवको नाम र एक जना उपसचिवमा बढुवाका लागि एक जना शाखा अधिकृतको नाम सिफारिस गरेको हो ।

उपसचिवबाट सहसचिवमा हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदार कुमार श्रेष्ठको नाम सिफारिस भएको छ भने शाखा अधिकृतबाट उपसचिवका लागि शालिग्राम भण्डारीको नाम मात्र सिफारिस भएको बढुवा सिफारिस समितिले जनाएको छ ।

३०,असार.२०७८,बुधबार १६:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्