फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई अनुबन्ध

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई अनुबन्ध गरेको छ ।

युरो २०२० को उत्कृष्ट खेलाडी डोनारुम्मासँग पीएसजीले पाँच वर्षको सम्झौता गरेको छ । फ्रि ट्रान्सफरमा पीएसजीले उनलाई अनुबन्ध गरेको हो ।सम्झौतापछि २२ वर्षीय डोनारुम्मा अबको पाँच वर्ष पीएसजीमा रहने छन् ।

इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो । त्यसपछि उनले सम्झौता नवीकरण गरेनन् ।
१६ वर्षको उमेरमै मिलानबा लागि डेब्यु गरेका उनले त्यहाँ रहँदा २५१ खेल खेलेका छन् ।

इटलीले युरो २०२० को उपाधि जित्दा महत्वपूर्ण सदस्य रहेका डोनारुम्माले फाइनलमा इंग्ल्याण्डविरुद्ध दुई पेनाल्टी रोकेका थिए ।

डोनारुम्माले युरोमा ७१९ मिनेट खेल्दै तीन क्लिन सिट राखेका थिए । उनले युरोमा ४ गोल बेहार्दा ९ सेभ गरेका थिए।

३१,असार.२०७८,बिहीबार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्