काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने दिए चेतावनी

4.16K
shares
khanepani bord

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ ।

कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ । यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।

khanepani