रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा गरिए थप

नेपाली जनता
nepalijanta73@gmail.com

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला (कोभिड १९) संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

‘निषेधात्रालाई थप खुकुलो पार्दै सबै खाले व्यवसाय सञ्चालन गर्न दिने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरी कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरिएको छ,’ सहायक प्रजिअ पाण्डेले भने, ‘कोरोना जोखिम हटिसकेको छैन, कसैले पनि निषेधाज्ञा खुकुलो भयो भनेर लापरवाही नगरौं ।’

यो पनि पढ्नुहोस  मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा
३१,असार.२०७८,बिहीबार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: