काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

सत्तारुढ संसदहरुले नै बहिस्कार गरे लुम्बिनीमा प्रदेशसभा बैठक

5.1K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेशसभामा प्रस्तुत बजेटका विषयमा थप छलफल गर्न सत्तारुढ दलले मागेको समय दिन विपक्षी दल तयार नभएपछि सत्ता पक्षबाट नै सदन बहिष्कार भएको छ ।

बजेटका विषयमा सबै मन्त्री तथा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थिए । तर एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटका विषयमा थप छलफल गर्न सभामुखलाई समय मागे ।

सभामुख घर्तीले विपक्षी गठबन्धनका नेताहरुलाई समय दिनसक्ने वा नसक्ने भनी आफ्नो धारणा राख्न समय दिएका थिए । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया तथा माओवादी सचेतक तुलाराम घर्तीले थप समय नदिने भन्दै आजै प्रकृयामा जान माग गरेका थिए ।

विपक्षी दलका नेताहरुको त्यो भनाइ सुनेपछि सत्तारुढ दलका सबै सांसदले बहिस्कार गरी बाहिर निस्केका छन् । त्यसपछि सभामुखले आधाघन्टा सभा स्थगित गरेका छन् । यसअघि मुख्यमन्त्रीले पनि संवादका लागि विपक्षी दललाई आग्रह गरेका थिए ।

IME
khanepani