काठमाडौंको नयाँ बसपार्कबाट लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीहरुको साथबाट २८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ ।

३१,असार.२०७८,बिहीबार १८:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्