एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् र साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको छ ।

पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

३१,असार.२०७८,बिहीबार २१:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्