चर्चित बन्यो सम्बन्ध विच्छेद गरेका आमिर र किरणको भिडिओ

आमिर खान र किरण रावले दुई हप्ताअघि आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेको खबरले धेरैको ध्यान तानेको थियो। यो जोडी फेरि एक पटक चर्चामा छ।

बलिउड हंगामाका अनुसार भर्खरै छुट्टिएका यो जोडी सँगै नाचेको भिडिओ र तस्बिर भाइरल बनेपछि उनीहरुको चर्चा भइरहेको हो। उनीहरुले फिल्म ‘लाल सिंह चड्ढा’को छायांकनका क्रममा नाचेको तस्बिर र भिडियो सार्वजनिक भएको हो।

सयभन्दा बढी स्थानमा छायांकन भएको ‘लाल सिंह चड्ढा’ हाल भारतको लद्दाखमा छायांकन भइरहेको छ। फिल्ममा आमिरबाहेक मुख्य भूमिकामा उनीसहित अभिनेत्री करिना कपुर र अभिनेता नागा चैतन्यको अभिनय छ।

सार्वजनिक भिडिओमा आमिर र किरण परम्परागत पोशाकमा नाचिरहेका छन्। उनीहरुसँगै कोरिओग्राफरको निर्देशनमा अरु पनि रमाएर सामूहिक नृत्य नाचिरहेको देखिन्छ।

यो फिल्मकाे छायांकन स्थलका तस्विर र भिडिओहरू यसअघि पनि सार्वजनिक भइसकेका छन्। हालै लद्दाखको छायांकन स्थलमा प्रदुषण फैलाएको भन्दै एक जनाले ट्विटरमा भिडिओ सार्वजनिक गरेर आमिर र फिल्म युनिटको आलोचना गरेका थिए। यद्दपि आमिरले सो भिडिओ पुरानो रहेको र आफ्नो फिल्म युनिटबाट प्रदुषण फैलाउने कुनै पनि काम नभएको भन्दै त्यसको खण्डन गरिसकेका छन्।

आमिर र किरण दुवै ‘लाल सिंह चड्ढा’का निर्माता हुन्। डेढ दशकभन्दा बढी सँगै बसेका उनीहरूका १५ वर्षीय छोरा छन्।

३१,असार.२०७८,बिहीबार २१:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्