काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्न नमिल्ने पौडेल पक्षको अडान

5.23K
shares
khanepani bord

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ।

दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू गरिने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन्। बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन भइसकेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आज बिहान सरकारी निवास बालुवाटार सर्दैछन्, त्यसैले बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना पनि छ।

सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि यसबारे रणनीत तय गर्न बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका थिए। पौडेल पक्षले पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्नुपर्ने निष्कर्ष निकालेको छ। यो मितिबाट तलमाथि गर्न नपाइने अडान पौडेल पक्षको छ।

उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार अब महाधिवेशन सार्ने हो भने संवैधानिक रूपमा पार्टीमा संकट देखा पर्नेछ। क्रियाशील सदस्याबारे अधिकांश क्षेत्रमा विवाद हल गरिसकिएकोले महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा उनले जोड दिए।

कांग्रेसको वडा अधिवेशन साउन १२ गते छ। त्यसअघि नै क्रियाशील विवाद समाधान गरेर अन्तिम नामावली सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ। विवादित ठाउँ त्यसै राखेर १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट अधिवेशन गराउन सकिने विकल्पमा समेत कांग्रेसभित्र छलफल भइरहेको छ।

तल्ला तहका अधिवेशनको कार्यतालिका केही हेरफेर गर्नेबारे सभापति देउवा पक्षले आन्तरिक छलफल गरेका थिए।

यस्तै केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले असारभित्रै छानबिन सक्ने भने पनि अझै केही काम बाँकी नै छ। उक्त समितिलाई केही दिन म्याद थप गर्नेबारे पनि आज पदाधिकारी बैठकमा छलफल हुने स्रोत बताउँछ।

IME
khanepani