कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि,४३ जनाको भयो निधन

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ।

१,श्रावण.२०७८,शुक्रबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्