काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

लामो दुरीका सार्वजनिक गाडीको बढेको भाडादर सार्वजनिक कहाँको पुग्यो कति (सूचीसहित)

5.53K
shares
khanepani bord

काठमाडौं । सरकारले देशभर बढेको सार्वजनिक गाडीको भाडादर सार्वजनिक गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा २० देखि २८ प्रतिशत सम्म भाडा बढेको हो।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको हो।

विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।

केपी शर्मा ओली सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो। यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

IME
khanepani