जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

मोरङमा ‘राइफल’ देखाएर सुनचाँदी पसल लुट्ने प्रयास

5.77K
shares
khanepani bord

काठमाडौं । सर्ट मेसिन गन (एसएमजी) राइफल देखाएर मोरङको एउटा सुनचाँदी पसल लुट्ने प्रयास भएको छ।

सुरक्षाकर्मीसँग सीमित मात्रामा हुने राइफलको प्रयोग गरी एक समूहले सुन्दरहरैंचा नगरपालिकाको सुनचाँदी पसलमा लुटपाट गर्न खोजेको हो।

प्रहरीका अनुसार सुन्दरहरैंचा-१० त्रिवेणी चोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो तीन जनाको समूह प्रवेश गरेको थियो।

‘एक जना गेटमा बसे भने दुई जना भित्र पसेर हतियार देखाएर लुटपाट गर्ने प्रयास गरे,’ मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।

तर, स्थानीयको भिड जम्मा भएपछि लुट्ने योजना विफल भएको जिसीले बताए। ती व्यक्तिहरू हतियार देखाउँदै भागेको जिसीले बताए।

प्रहरीले सुन पसलको सिसिटिभी फुटेज अनुसन्धान गरेको छ। अनुसन्धान गर्दा हतियार देखिएको छ।

‘त्यो सक्कली हो वा नक्कली हो भन्ने चाहिँ यकिन गर्न सकिएको छैन,’ जिसीले भने।

उनीहरूसँग एउटा पेस्तोल पनि थियो। एक जना पेस्तोल र अर्का जनाले एलएमजी हतियार देखाएको पसलका सञ्चालक खगेन्द्र थापालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सो समूहको खोजी भइरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार उनीहरू मोटरसाइकलमा आएका थिए। नम्बरप्लेट छोपेर मोटरसाइकलमा आएको देखिएको छ।

‘उनीहरू लुटपाटकै लागि आएका थिए, आउनेवित्तिकै उनीहरूले हतियार देखाएर प्रयास गरेका थिए,’ खनालले भने, ‘तर, स्थानीयको भिड जम्मा भएपछि हतियार देखाएर भागेको देखिन्छ।’

हतियार कुन किसिमको हो भन्ने पूरै यकिन नभएसकेको उनले बताए।

khanepani