कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला

धनगढी । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।
वेदकोट नगरपालिका ४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ ।

प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

२,श्रावण.२०७८,शनिबार १२:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्