पश्चिम युरोपको विनाशकारी बाढीको घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । जनधनको क्षति हुने गरि पश्चिमी युरोपेली मुलुकहरुमा यसैसाता गएको भीषण बाढीलाई लिएर नेपालले दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्वीटजरल्यान्ड, फ्रान्स र अन्य प्रभावित मुलुकको पीडाप्रति नेपालले सहानुभूति पनि व्यक्त गरेको छ ।

ती मुलुकमा सय वर्ष यताकै ठूलो बाढीले सहर बगाउँदा हजारौं बेपत्ता भएका छन् र सयौं जनाले ज्यान गुमाएका छन् । थुप्रै सहर डुबानमा परेका छन् भने धेरै परिवार घरवारविहिन भएका छन् ।

सबैभन्दा बढी प्रभावित मध्ये जर्मनी परेको छ ।

२,श्रावण.२०७८,शनिबार १३:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्