महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ ।

बबरमहलस्थित जसपामा कार्यालयमा बस्न लागेको कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोगमा विचाराधीन मुद्दा, सर्वोच्च अदालतको आदेश, देउवा

सरकारबारे धारणा तय गर्ने लगायतको विषयमा छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।

अध्यक्ष महन्थ ठाकुरले हेरफेर गरिएको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय २० जना सदस्य हटाएर आफू निकटका लाई समितिमा ल्याएका छन् ।

२,श्रावण.२०७८,शनिबार १४:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्