काठमाडाै । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
उनीहरू शनिबार बिहान ओलीनिवास बालकोटमा भेट्न पुगेका थिए ।
अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झाले ओलीलाई भेटेका हुन्।
भेटमा कुनै पनि राजनीतिक कुरा नभएको नेता भण्डारीले बताए।
बालकाेट गएका भण्डारीले भने, ‘हामी बालुवाटार पनि गइरहन्थ्यौं। बालकोट पनि गयौं। हामी राजनीतिक गफ गर्न भनेर गएकै होइन’, उनले भने,‘राजनीतिक गफ अरू बेला होला। उहाँले पनि गर्नु भएन। उहाँ बडो रिल्याक्स मूडमा हुनुहुन्थ्यो। अलि धपेडी भएको छ। केही दिन आराम गर्छु भन्नुभयो।’
प्रतिक्रिया दिनुहोस्