जसपाका चार सांसदले छाडे ठाकुर समूह, उपेन्द्र यादव पक्षको बैठकमा सहभागी
वि.सं.२०७८ साउन २ शनिवार १५:२७
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनस्र्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् ।
पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी गरेको जसपाका एक नेताले जानकारी दिए ।






















