काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

कोइराला परिवारका तीन सदस्यको ‘लञ्च मिटिङ’ले नेपाली कांग्रेसको देउवा समुहमा खैलाबैला

5.06K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन सन्निकट भएको समयमा कोइराला परिवारका तीन सदस्य शनिबार एकै भान्साको खाना भएका छन ।

उनीहरुले कोइराला परिवार एकै ठाउँ भएको सन्देश देशभरका नेता कार्याकर्ताहरुलाई दिएका छन । शशांक कोइरालाको निवास महाराजगञ्जमा उनीसहित केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइरालाले विहानको खाना भएको फोटो सार्वाजनिक गरेका हुन ।

यसलाई ‘लञ्च मिटिङ’ भनिएको छ। स्रोतका अनुसार शशांकले मिटिङको आयोजना गरेका हुन्।

भेलामा कांग्रेस महाधिवेशनमा केन्द्रित भएर कुराकानी भइरहेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपिलियाले बताए।

उनका अनुसार संस्थापन इतर समूहबाट महाधिवेशनमा एकै जना उम्मेदवार बनाउने विषयमा छलफल केन्द्रित छ।

कोइराला परिवारबाट शशांक र शेखर सभापति उठ्न खोजिरहेका छन्। दुबै बलियो दाबेदारको रूपमा देखिएका छन्।

तर, दुबैले एक(अर्काको साथ खोजिरहेका बेला भएको भेलालाई महत्वपूर्ण रूपमा हेरिएको छ। शेखर यसपालि आफू जुनसुकै अवस्थामा सभापतिको उम्मेदवार बन्ने योजनामा छन्।

शशांकलाई अघिल्लो महाधिवेशनमा महामन्त्री पदका लागि बाटो खोलिदिएका शेखर उनले यसपालि आफूलाई सघाउनेमा विश्वस्त थिए। तर, शशांक आफैं उम्मेदवार बन्ने दौडमा लागेपछि कोइराला परिवारभित्रै दुई उम्मेदवार देखिएका छन्।

पार्टीका सभापतिले सरकारको नेतृत्व गरेका कारण आफ्नो समुहबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि कुराकानी भएको समाचार स्रोतले दावी गरेको छ ।

IME
khanepani