काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै,राष्ट्रिय सभा बैठक पनि बस्ने

5.46K
shares
khanepani bord

काठमाडाै‌ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।

साथै आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो।

बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ।

आइतबार बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्ने तयारी छ।

IME
khanepani