काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण र कुटपिट

5.04K
shares
khanepani bord

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा छिमेकी मुलुक अफगानिस्तानका राजदूतकी छोरीको अपहरण भएको छ।

अफगान राजदूत नाजिब अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्।

सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। सो क्रममा उनीहरूले उनलाई कुटपिट गरेको खुलेको छ।

प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।

आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ। घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ। आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न पनि अफगानिस्तानले भनेको छ।

पाकिस्तानले अफगान राजदूतको सुरक्षा बढाइएको र प्रधानमन्त्री इमरान खान अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन भनेको बताएको छ।

राजदूतकी छोरीलाई कसले अपहरण गरेको हो भन्ने अझै खुलिसकेको छैन।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी र नाटो मुलुकका सैनिकहरू फिर्ता भएपछि त्यहाँ हिंसाका घटना बढेका छन्।

कट्टरपन्थी विद्रोही समूह तालिवानलाई लिएर अफगानिस्तान र पाकिस्तानको सम्बन्ध चिसिएको छ।

IME
khanepani