काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै, वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदै

4.29K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर जाँदैछन् ।

केही नेता नेपाल निवासमा पुृगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकतामा उभिन नेपाललाई आग्रह गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

नेपाललाई संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न आग्रह गरिने उनले बताए ।

माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेपाल समूहमा १० बुँदे सहमतिमै पनि असहमति छ । नेपालले निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्ष दाबी गरेका छन् ।

वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् । नेपालले अब संसद जोगाउने प्रक्रिया टुंगिएपछिमात्र एमाले एकताको प्रक्रिया थाल्ने निकटस्थहरुसँग बताएका छन् ।

khanepani