काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा

6.29K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

विघटित कार्यदलका नेताहरूले नेपाल निवास कोटेश्वरमा पुगेर माधव नेपालसँग वार्ता गरेलगत्तै नेपाल पक्षको आन्तरिक बैठक बसेको हो । नेपाल निवासबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत संस्थापन पक्षका नेताहरू बाहिरिएका छन् ।

माधव नेपाल निवासनजिकै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । यता नेपाल निवासमा देउवालाई विश्वासको मत दिनेबारे माधव समूहका नेता छलफलमा छन् ।

माधव नेपाल लगायत २३ जनामध्ये अधिकांस सांसद विश्वासको मत दिनुपर्ने पक्षमा छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायत वार्ता टोलीमा रहेका नेताहरूले संस्थागत निर्णयमा जोड दिएका छन् ।

माधव नेपाल पक्षका २३ मध्ये केही सांसदले मत नदिए पनि देउवालाई विश्वासको मत पुग्नेछ ।

IME
khanepani