जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

कार्यदलको प्रतिवेदनमा नेपाल असहमति, शंकर पोखरेलले भने, तीन महिनाको मेहनत खेर गयो

4.21K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैं सम्मिलित भएर गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् ।

नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदल सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सार्वजनिक गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको यसअघि नै खुलासा गरिसकेको थियो । नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर भएको निर्णयमात्र आधिकारिक हुने गरी दोस्रो अध्यक्षसहितका केही सर्त राखेका छन् ।

आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेको भेटपछि अर्का एक नेताले बताए ।

कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले १० बुँदेका आधारमा पार्टीमा एकता कायम गर्ने प्रयास जारी रहेको बताए ।

khanepani