
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने भएका छन् ।
नेकपा एमालेले सातौं अधिवेशन पछि सरकारले ल्याएको अध्यादेश संसदमा पेश गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकमा अडान लिएको थियो ।
‘संविधानको धारा ११४ अनुसार सबै अध्यादेश संसद्मा पेश गर्ने सहमति भएको छ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वटा अध्यादेश ल्याएका छन् ।
यी सबै अध्यादेश पुनर्स्थापित संसद्को पहिलो बैठकमै पेश हुने छन् । आजै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्