काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

पर्सामा अघिल्लो दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आपराधिक घटनामा वृद्धि

4.34K
shares
khanepani bord

वीरगञ्ज । पर्सामा अघिल्लो दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आपराधिक घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्सामा गत आर्थिक वर्ष २०७७/७८ मा आपराधिक घटनामा वृद्धि भएको हो ।

प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार १७३ वटा विभिन्न किसिमका अपराधका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ एक हजार ८१ र २०७५/७६ मा ९४४ वटा आपराधिक घटना दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आव २०७७/७८ मा दर्ता भएका १ हजार १७३ घटनामा संलग्न १ हजार ११३ जना अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइएको छ ।

जसमध्ये २० जना महिलासहित १ हजार ९२ जना नेपाली नागरिक र १ जना महिला सहित ७४ जना विदेशी नागरिक छन् । ४० जना महिलासहित ७४७ जना अभियुक्त अझै फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रवक्ता खनालले बताए । फरारमध्ये ६९४ जना पुरुष तथा ४० जना महिला नेपाली नागरिक र १३ जना विदेशी नागरिक छन् ।

नेपाली भूमिमा अपराध गरेर भारतमा लुकीछिपी बस्न सहज भएकाले पर्सामा फरार अभियुक्तको संख्या बढी नै देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार आर्थिक वर्षमा ७८ फरार प्रतिवादी र ८० फरार अभियुक्त पक्राउ परेका छन् ।

आत्महत्याका घटनामा वृद्धि

अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षमा पर्सामा ११७ जनाले आत्महत्या गरेका छन् ।

आव २०७६/७७ मा १०५ र आर्थिक वर्ष २०७५/७६ मा ७७ जनाले आत्महत्या गरेको घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए । सामान्यतया विष सेवन र झुण्डिएर आत्महत्या गर्ने गरेकोमा पर्सामा शरीरमा आगो लगाएर तथा अग्लो ठाउँबाट हामफालेर समेत आत्महत्या गरेका घटना सार्वजनिक भएका छन् ।

कर्तव्य ज्यान, ज्यान सम्बन्धी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, नागरिकता सम्बन्धी, लागू औषध, कुटपिट अंगभंग, चोरी र ठगी तथा संगठित अपराधका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

प्रहरीले पशुपंक्षी,, ईलाज तथा सावर्जनिक न्याय विरुद्ध, आपराधिक विश्वासघातको कसूरमा समेत मुद्दा दर्ता गरेको छ ।

IME
khanepani