काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

6.47K
shares
khanepani bord

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो ।

पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि केहीबेर ढिला गरी सुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने भएका छन् भने माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसको छ ।

यसअघि संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए ।

IME
khanepani