काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई कांग्रेस संसदीय दलको ह्वीप जारी

5.76K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिती भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

उनले भनिन्, ‘संसदीय दलमा रहनुभएका नेपाली कांग्रेसका सम्पूर्ण माननीयहरु अनिवार्य उपस्थित भएर विश्वासको पक्षमा आफ्नो मतलाई जायर गरेर आजको विश्वासको मतलाई पारित गराउनका लागि सबैको अनिवार्य उपस्थितिको लागि नेपाली कांग्रेसले आफ्नो ह्वीप जारी गरेको छ ।’

कांग्रेसले आफुलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको प्रक्रियामा साथ दिनका लागि आह्वान पनि गरेको छ ।

IME
khanepani