काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

वहाँ, अर्थात् अर्का बा, देउ “बा” !

6.4K
shares
khanepani bord

गृहमन्त्री बनेर आउनु भो
माओवादी जन्माउनु भो
पहिलो चोटि प्रधानमन्त्री बनेर आउनु भो
प्रचण्ड बाबुरामलाई जङ्गल पठाउनु भो
पजेरो काण्ड मात्र होइन
सांसद किनबेच गर्नु भो, उठाउनु भो !
शङ्कर होटेलमा थुन्नु भो
सिँगापुर र थाइलैण्ड काण्ड बुन्नु भो
फेरी प्रधानमन्त्री हुनु भो
रगतको आहालमा खेल्नु भो
प्रचण्ड बाबुरामको टाउकाको मूल्य तोक्नु भो
प्रजातन्त्र बुझाउनु भो, राजालाई बोक्नु भो
असक्षम भनेर निकाले पछि राजालाईनै ठोक्नु भो
भित्र भित्रै फेरी तिनै प्रचण्ड बाबुरामहरू बोक्नु भो
कहिले छोरी बोक्नु भो
कहिले बाउ बोक्नु भो
कहिले बाबुराम बोक्नु भो
रुखमा होइन हँसिया हथौडामा भोट हाल्न लाउनु भो
रुखमा भोट हाल्नेलाई कारबाही थमाउनु भो
“दुई पाइलट” ले उडाए, टाउको समाउँदै आउनु भो
जसले धोखा दियो उसै सँग मिलेर फेरी पाउनु भो
जे होस पाँचौँ पटक प्रधानमन्त्रीमा आउनु भो,
विश्वासको मत पनि बढी नै पाउनु भो
देउ “बा” भन्दैछन जनता सुशासन
फेरी देख्नु नपरोस् पहिला जस्तै कुशासन !
– रामप्रसाद खनाल, जुलाई १८, २०२१

IME
khanepani