काठमाडौंका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अबदेखि नेवारी भाषाको अनिवार्य पठनपाठन सुरु गरिने भएको छ । काठमाडौं महानगरले सबै विद्यालयलाई पत्र पठाउँदै अनिवार्यरुपमा नेवारी भाषा पढाउन ताकेता थालेको छ ।

महानगरको निर्देशनसँगै अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । १ सय पूर्णाङ्कको नेपाल भाषा नेवारी भाषा लाई अनिवार्य विषयको रुपमा राखिएको हो ।

साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न ताकेता गरेको हो ।

शिक्षा अधिकृत मोतिराज खनालले यस्तो जानकारी दिए । उनका अनुसार नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णांकको पढाइ हुनेछ । यस्तो निर्णय गत वर्ष असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकले गरेको हो ।

४,श्रावण.२०७८,सोमबार ११:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्