
काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानरगपालिका ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् ।
प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्