प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे सोध्ने स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका छन् ।

४,श्रावण.२०७८,सोमबार १४:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्