काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन गरे आग्रह

4.52K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए ।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने ।

khanepani