बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

5.12K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठकका लागि उनीहरू बालकोटतर्फ लागेका हुन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

२४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । यसका साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि नेताहरू छलफलमा जुटेका छन् ।

IME
khanepani