पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग

काठमाडौं  । दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । गायक कडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।

कडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीको तर्फबाट उक्त सहयोग गरेका हुन् । सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल समेत गरेका छन् ।

विगत ५ बर्षदेखि मृगौलामा समस्यासँग जुध्दै आएकी डंगोलको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।

टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चित डंगोलले थुप्रै सिरियल, म्युजिक भिडियो अभिनय गर्नुको अलवा निर्देशन समेत गरेकी छन् ।

४,श्रावण.२०७८,सोमबार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्