काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

इदका लागि किनमेल भइरहेको इराकको बजारमा आत्मघाती बिस्फोट, कम्तीमा ३५ को मृत्यु

5.85K
shares
khanepani bord

एजेन्सी । इराकको राजधानी बग्दादमा मुस्लिम धर्मालम्वीहरूको चाड इदका लागि मानिसहरूले किनमेल गरिरहेको एक बजारमा आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
सोमबार भएको बम बिस्फोटमा परी दर्जनौं मानिसहरू घाइते भएका छन्।

अलजजिरा टेलिभिजनका अनुसार बिस्फोटमा परेका इदका लागि सामान किन्न गएका मानिसहरूको शव बजारमा छरपस्ट भएका थिए। मृत्यु हुने धेरैजसो महिला र बालबालिका थिए।

इराकमा पछिल्ला ६ महिनामा भएको यो सबैभन्दा ठूलो बिस्फोट हो। आतंकवादी समूह आइएसले बिस्फोटको जिम्मा लिएको छ। उसले डिभाइस जडान गरेर बिस्फोट गरिएको र बिस्फोटमा आफ्ना एक सदस्यले पनि ज्यान गुमाएको उल्लेख गरेको छ।

इराक सरकारले सन् २०१७ मा सुन्नी मुस्लिम जिहादी समूहमाथि जित हासिल गरेको घोषणा गरेको थियो। तैपनि स-साना समूहहरू देशका विभिन्न भागमा सक्रिय थिए।

IME
khanepani