
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि गरिएको दोस्रो चरणको निषेधाज्ञाको तीन महिनाको अवधिमा मात्र राष्ट्रिय महिला आयोगमा साढे तीन सय भन्दा बढी महिला हिंसाका घटना भएका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले बैशाखदेखि असार मसान्तसम्ममा आयोगमा तीन सय ४८ वटा महिला हिंसाका घटना भएको उजुरी दर्ता भएका आयोगले जनाएको हो ।
घटनामध्ये सबैभन्दा बढी ७० प्रतिशत अर्थात दुई सय ४३ वटा महिला हिंसाका घटना बागमती प्रदेशमा भएका ‘बढ्दो लैगिक हिंसा नियन्त्रण र रोकथामका लागि राट्रिय महिला आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदम’ बिषयक छलफल कार्यक्रममा आयोगका उपसचिव अञ्जु ढुंगानाले जानकारी दिएकी हुन् ।
उनका अनुसार यसै अवधिमा मानसिक यातना तीन सय ३१ जनामाथी भएको छ भने तीन सय ६ जनामाथी कुटपिट भएको छ । यस्तै एक सय ७३ महिलामाथी आर्थिक याताना भएको छ भने ११ जना महिलामाथी बलात्कार र ६७ जनाको चरित्रहत्या भएको ढुंगानाले बताईन ।
आयोगले यस अवधिमा दुई सय ८० जनालाई कानूनी सेवा दिएको छ भने एक सय एक जनालाई मनोसामाजिक सेवा दिइएको आयोगका सचिव मनोज आचार्याले जानकारी दिए । उनका आनुसार यस अवधिमा जानकारीका लागि छ सय ९६ फोन कल आएको र एक हजार तीन सय ६८ जनाको फलोअप कल आएको छ ।
खवर गरौ ११४५ हेल्पलाइन सेवा अव महिला आयोगबाट नै सञ्चालन
चालू आर्थिक वर्षदेखि राष्ट्रिय महिला आयोगले ११४५ हेल्पलाइन सेवा आफ्नै बजेटबाट सञ्चालनमा आएको छ ।
यस अघि दातृ निकायबाट सञ्चालनमा रहेको हेल्पलाइन सेवा चालु आर्थिक वर्ष २०७८/०७८ बाट आयोगबाट नै सञ्चालनमा आएको आयोगले जनाएको छ । हेल्पलाइनमार्फत राहतका लागि धेरै फोन आउने गरेको आयोगका सचिव आचार्यले बताए ।
कोरोनाको निषेधाज्ञाको अवधिमा स्थानीय तहमा राहत वितरण नभएकाले राहत वितरण गर्नुपर्ने पनि माग महिलाबाट आएका थिए । महिला हिंसामा परेका महिलाका लागि हेल्पलाइन सेवा प्रभावकारी हुदैँ गएकोले आयोगले यसलाई बढी जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्