काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

बागलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

4.41K
shares
khanepani bord

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ५ बिहुँमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको मंगलबार बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए ।

स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

IME
khanepani