काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकियो, फेरि बस्ने भोलि

4.52K
shares
khanepani bord

काठमाडाै‌ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनदेखि जारी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासबारे जानकारी दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगबाट कार्यान्वयन गर्ने उनले जानकारी दिए। यद्यपि कार्यदल भने विघटन भइसकेको छ।

यस्तै बैठकमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको रिपोर्टबारे जानकारी लिएको पनि उनले बताए।

यसैगरी भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगले अहिलेसम्म के काम गरेको छ भन्नेबारे जानकारी गराएको उनले बताए।

बैठकले भोलि पर्ने इस्लाम धर्मावलम्बीहरूलाई पार्टीको तर्फबाट शुभकामना दिइएको उनले जानकारी दिए।

बैठक भोलि फेरि ३ बजे बस्नेछ।

IME
khanepani