काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठक अपरान्ह ३ बजे बस्दै

5.07K
shares
khanepani bord

काठमाडाै‌ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बुधबार अपरान्ह ३ बजे बैठक बस्दैछ।

मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। तर ती सांसदहरूलाई पत्र पुगिसकेको छैन।

पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशनसमेत दिएको थियो। मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे बिफ्रिङ गरेका थिए।

पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा संगठनमा के-कस्ता प्रभाव पर्न सक्छन् भन्नेबारे छलफल भएका थिए।

केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी छैन। नेपाल पक्षले छुट्टै बैठक गरिराखेको छ। सकेसम्म पार्टी एकतामै जोड दिने तर नसकिने अवस्थामा विकल्प खोज्ने नेपाल पक्षका नेताहरूको तयारी छ।

अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग पनि नेपाल पक्षले राख्ने गरेका छन्।

IME
khanepani