काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

कोरोना विरुद्धको न्यूनतम १० लाख डोज भेरोसेल खोप ल्याउन निगमको जहाज आज राती बेइजिङ जाँदै

7.68K
shares
khanepani bord

काठमाडौं । (कोभिड १९) विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

IME
khanepani