अमरेशले देउवालाई बुझाए सांसद पदबाट राजीनामा दिएको पत्र

काठडमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

६,श्रावण.२०७८,बुधबार १९:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्