बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

मक्काको सुरक्षामा पहिलो पटक खटिए साउदी महिला सैनिक

5.77K
shares
khanepani bord

एजेन्सी । इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन्।

साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षामा खटाउन थालिएको हो।

मक्काको सुरक्षामा खटिएकी महिला सैनिक मोनाले आफ्ना दिवंगत बुवाको यात्रा पूरा गर्न सैनिकमा भर्ना भएको बताइन्।

‘पवित्र ठाउँ, यो विशाल मक्कामा उभिएर म मेरा स्वर्गीय बुवाको यात्रा पूरा गर्न उहाँका पदचाप पछ्याइरहेकी छु। श्रद्धालुहरूलाई सेवा गर्न पाउनु सबैभन्दा ठूल सम्मानको काम हो,’ उनले भनिन्।

साउदीका युवराज मोहम्मद बिन सलमानले परम्परागत मुस्लिम राज्य साउदी अरबलाई आधुनिकीकरण गर्न विभिन्न सामाजिक परिवर्तन गरिरहेका छन्। भिजन २०३० अनुसार केही समयअघि उनले महिलाहरूलाई सवारी चलाउन लाइसेन्स लिन अनुमति दिएका थिए भने अभिभावकको अनुमति बिना नै वयस्क महिलाले विदेश जान पाइने व्यवस्था लागु गरेका थिए।

कोरोनाभाइरसका कारण साउदी अरबले लगातार दुई वर्ष आफ्ना नागरिकलाई हज यात्रामा प्रतिबन्ध लगाएको छ भने विदेशबाट सीमित मानिसलाई मात्र यात्र अनुमति दिएको छ।

IME
khanepani