परिक्षार्थीलाई लामो दूरीको यातायातमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्नका लागि ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयले स्वास्थ्य मादपण्डको पालना गर्दै लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएको छ ।

विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा सार्वजनिक भएकाले परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन परिपत्र जारी गरेको मन्त्रालयले बताएको छ ।

साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

७,श्रावण.२०७८,बिहीबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्