आज कोरोना विरुद्धको १० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो, थप १० लाख डोज आउँदै भोलि

काठमाडौं । (कोभिड १९) विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

७,श्रावण.२०७८,बिहीबार १४:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्