काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २४ जनाको मृत्‍यु

4.64K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३६, मोरङमा २४५, सुनसरीमा १४९, ललितपुरमा १३०, झापामा १०८ र कास्कीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पुर्वमा ९३, भक्तपुरमा ८५, मकवानपुरमा ४७, गोरखामा ३९, धादिङमा ३३, नुवाकोटमा २८, काभ्रेमा २५, बागलुङमा १६, स्‍याङजामा १४, चितवनमा १३, दाङ, रुपन्देही र सुर्खेतमा १२/१२ जना र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

khanepani