नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बिहान ९ बजेका लागी बोलाइयो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक भोलि बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा तय गरिएको हो ।

पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूको सुझावबमोजिम बैठक निजी निवासमा बोलाइएको एक नेताले बताए ।

भोलिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन , निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।

७,श्रावण.२०७८,बिहीबार १७:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्