
काठमाडौं । मन्थली नगरपालिकाले व्यक्तिको घरको आडबाट बगेको कुलामाथि शुरक्षाका लागि विछ्याइएको अस्थाई संरचना भत्काएर बहादुरी देखाएको छ । माधव ढकालको घरकै आडबाट खेतबारीमा लगाउन बनाएको कुलालाई क्षतिनगरि र खेतवारीमा पानी लैजान कुनै छेकबार नगरिकन व्यक्तिगत लगानीमा माधव ढकालले बनाएको अस्थायी संरचना व्यक्तिगत र राजनितिक रिसिवीइ साध्नकै लागि नगरपालिकालाई केहि स्थानीय ठालुहरुले गलत प्रभावमा पारी डोजर लगाएर भत्काएकोमा स्थानिय बुद्धिजिविहरुले रोष प्रकट गरेका छन ।
घरको आडबाटै बगेको कुलाबाट हिडडुल गर्न र रातविहान घरमा भएका बालबच्चाहरु खेल्दै कुलोमा परेर र्दुघटना हुने सम्भावना रहेको थियो । त्यो र्दुघटनाबाट मानविय क्षेति समेत हुन सक्ने देखेर त्यसलाई छेकबार गरि बलियो बनाएर कुलाको पानी निस्प्रवहा बग्न सक्ने गरि अस्थायी संरचना ढकाल
परिवारले स्थानियकै सरसल्लाहमा बनाएको थियो ।
तर, संरचना निर्माण गर्दा स्थानिय निकाय र प्रशासनले कुनै प्रतिकृया जनाएर । कुलामाथि अस्थायी संरचना निर्माण भयो । जब निर्माण सकियो तब स्थानीयको टाउँको दुख्यो । उनीहरु थिए स्थानीय ठालु । जसको नेतृत्व गरे, जिल्ला शिक्षा समन्वय कार्यालयका करारका सवारी चाकल पशस्पति न्यौपानेले । उनले उजूरी दिए मन्थलि नगरपालिकामा । नगरपालिकाले पनि हतारहतार निर्णय गरेर आफ्नो बहादुरी देखायो । यसमा बनेको संरचना भत्काउने । यस्ता संरचना नगरपालिकाले आफै बनाएर व्यक्तिगत धन र जनको सुरक्षा गर्नुको सट्टा संरचना भत्काएर बहादुरी देखायो । यहाँ हजारौ व्यक्तिले यसरी सरकारी सार्वजनिक जग्गा मिचेर विशाल भवन निर्माण गर्दा नगरपालिका देखेको नदेझै गरिरहेको छ । तर, माधव ढकालले बनाएको संरचना किन भत्काउनु परो यसको सहि जवाफ नगरपितासँग छ कि छैन ? अबश्यपनि आगामि दिनमा उनले स्थानीयलाई यसको जवाफ दिनु पर्ने छ । समस्या भए आपसी छलफलमा नै समाधान गर्नु पर्नेमा उनले किन डोजर नै पठाएर भत्काएका हुन । यसको भरपर्दो जवाफ नगरपालिकासँग छैन ।
home-land-area https://nepalijanta.com/wp-content/uploads/2021/07/home-land-area-2.pdf
प्रतिक्रिया दिनुहोस्