काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

सानेपामा कार्यकर्ताको धर्ना, कांग्रेस बैठक बूढानिलकण्ठमा बस्दै

4.75K
shares
khanepani bord

काठमाडाै‌ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक शुक्रबार बिहान ९ बजे बस्ने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीमा केन्द्रित रहेर सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन्। जसअनुसार आज बिहान निजी निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको छ।

आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यतामाथि देखिएका विवाद हल गर्ने हो।

पार्टी कार्यालय सानेपामा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन्। बाराका कार्यकर्ता धर्ना बसेको १३ दिन भइसकेको छ। यहाँ सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ता एकअर्काका मागविरूद्ध धर्नामा छन्।

पार्टी कार्यालयको आँगन, मुलढोका र पहिलो तलामा धर्ना र आमरण अनशन रहेकोले कांग्रेसले सानेपामा बैठक नगरेर बूढानिलकण्ठमा बैठक गर्न लागेको छ। कांग्रेसमा १२५ वडामा क्रियाशीलबारे विवाद छ।

केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद रहेका वडाको फाइल केन्द्रीय समितिमै फिर्ता पठाइदिएको छ।

विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्ने कि के गर्ने भन्ने आजको बैठकले टुंगो लगाउनेछ।

khanepani